OSNepal मंगलबार, माघ ११ २०७८

आन्द्रामा गम्भीर समस्या देखिएपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना

आन्द्रामा गम्भीर समस्या देखिएपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना

  • OSNepal
  • मंगलबार, पौस २० २०७८


आन्द्रामा गम्भीर समस्या देखिएपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना
Reading Time: < 1 minute

एजेन्सी – अकस्मात बिरामी भएपछि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको छ ।

आन्द्रासम्बन्धी समस्या देखिएपछि बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको हो । ६६ वर्षीय बोल्सोनारो सन् २०१९ देखि ब्राजिलको सत्तामा छन् ।

आन्द्रामा गम्भीर समस्या देखिएपछि उनलाई ६ महिनाअघि पनि अस्पताल भर्ना गरिएको थियो । सन् २०१८ को निर्वाचन अभियानका क्रममा उनीमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट उनको पेट र आन्द्रामा गम्भीर चोट लागेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड