OSNepal सोमबार, माघ ३ २०७८

पाँच घण्टामा १९४ मत खस्यो

पाँच घण्टामा १९४ मत खस्यो

  • OSNepal
  • मंगलबार, पौस २७ २०७८


पाँच घण्टामा १९४ मत खस्यो
Reading Time: < 1 minute

अछाम, २७ पुस-नेकपा एमाले अछामको आठौँ अधिवेशनमा मतदान प्रक्रियामा निकै सुस्त देखिएको छ । बिहान ९ बजेबाट सुरू भएको मतदानअन्तर्गत दिउँसो २ बजेसम्म घन्टामा एक सय ९४ मत खसेको निर्वाचन समितिका सदस्य भीम बुढाले जानकारी दिए । मतदान ढिला भएको भन्दै मतदाताहरूले आक्रोश पोखेको छन् ।

मतदान गर्न डेढ घन्टासम्म लाइन बस्नु परेको उनीहरूको गुनासो छ । एक जनाले मतदान गर्न २० मिनेट लाग्ने गरेको छ। आयोजक कमिटीले मतदानस्थल व्यवस्थित नबनाउँदा कमजोरी भएको मतदाताहरूको आरोप छ ।

यही गतिमा मतदान भए राति १२ बजेसम्म पनि मतदान नसकिने मतदाताहरू बताउँछन् । मतदान प्रक्रिया छिटो बनाउन अध्यक्षका उम्मेदवार प्रकाश शाह, चन्द्र बोहरा मतदान स्थलमै पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड