OSNepal आइतबार, माघ ९ २०७८

कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका प्रचण्डको स्वास्थ्यमा सुधार, दुई दिनमा पीसीआर जाँच गर्ने

कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका प्रचण्डको स्वास्थ्यमा सुधार, दुई दिनमा पीसीआर जाँच गर्ने

  • OSNepal
  • बिहिबार, पौस २९ २०७८


कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका प्रचण्डको स्वास्थ्यमा सुधार, दुई दिनमा पीसीआर जाँच गर्ने
Reading Time: < 1 minute

काठमाडौं, २९ पुस-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्थामा सुधार आएको छ ।प्रचण्डको सचिवालयमा समेत रहेकी प्रचण्ड पुत्री गंगा दाहालले बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिड-१९ कुनै लक्षण नभएको उल्लेख गरेकी छन् ।

चिकित्सकको सल्लाह अनुसार अबको दुई दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्ने उनले बताएकी छन् ।

माओवादी केन्द्रको सम्मेलनमा व्यस्त बनेका प्रचण्डलाई सम्मेलन सकिएको केही दिनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड