OSNepal मंगलबार, माघ ४ २०७८

कञ्चनपुरमा एकै दिन १२८ सङ्क्रमित फेला ,अधिकांश भारतबाट फर्कने मात्र

कञ्चनपुरमा एकै दिन १२८ सङ्क्रमित फेला ,अधिकांश भारतबाट फर्कने मात्र

  • OSNepal
  • शुक्रबार, पौस ३० २०७८


कञ्चनपुरमा एकै दिन १२८ सङ्क्रमित फेला ,अधिकांश भारतबाट फर्कने मात्र
Reading Time: < 1 minute

कञ्चनपुर, ३० पुस-यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । कोरोना सङ्क्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र अन्य गरी जम्मा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० र पिसिआर परीक्षणबाट आठ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

भीमदत्त नगरपालिकाका १२, दोधोरा चाँदनी नगरपालिकाका दुई, बेदकोट नगरपालिका दुई, बेलौरी नगरपालिकाका एक, शुक्लाफाँटा नगरपालिकाका तीन, पुनर्वास नगरपालिकाका दुई, कृष्णपुर नगरपालिकाका एक र गडडाचौकी हुँदै भारतबाट फर्केका १०५ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताउनुभयो । एक हप्ताको अवधिमै यहाँ कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ५५८ पुगेको छ । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड