कमाउन साउदी गएका भिम बहादुर २ बर्ष देखि सम्पर्क बिहिन, अन्तिम पटक फोनमा यस्तो भनेका रहेछन्  — OSNepal

कमाउन साउदी गएका भिम बहादुर २ बर्ष देखि सम्पर्क बिहिन, अन्तिम पटक फोनमा यस्तो भनेका रहेछन् 

LC (KTM) January 14, 2022 0

काठमाडौँ – जाजरकोटका भिम बहादुर बस्नेत विदेश गएको करिब ५ बर्ष भयो । उनि घर परिवार तथा समाज कोहि संग सम्पर्क नभएको पनि करिब २ बर्ष भई सक्यो । उनिसंग न फोन सम्पर्क हुन्छ न त कसैले देखेको छ । शिवालय गाउँ पालिका २ जाजरकोटका भिम बहादुर आज भन्दा ५ बर्ष पहिला बैशिक रोजगारीको शिलशिलामा साउदी अरब गएका थिए । घरमा सुत्केरी श्रीमती छोडेर घर बनाउदा लागेको ऋण तिर्न उनि प्रदेश हिडेका थिए । साउदी गएको ३ बर्षसम्म जेहोस घर परिवारसंग राम्रै सम्पर्क थियो उनको तर उनले एकदिन मलाई मारिदै छ म जेल जादै छु भनेर भने अनि एकाएक सम्पर्क बिहिन भएका छन ।उनि सम्पर्क बिहिन भएको आज-आज भोलि-भोलि भन्दै २ बर्ष बिति सकेको छ तर उनि लापत्ता छन् ।

भिम बहादुर कि २७ बर्षिया श्रीमती टिका बस्नेत नाङ्गो च्यातिएको चप्पल मन भरि पिडा बोकेर तिनै सम्पर्क बिहिन श्रीमान खोज्दै जाजरकोटबाट राजधानी छिरेकी छिन उनको अपेक्षा धेरै ठुलो छैन केवल श्रीमानको जिउदो सास होस् अथवा मरेको लास होस् तर थाहा पाईयोस । टिका मात्र २७ बर्ष कि भईन तर उनका ४ जना सन्तान छन् । बालबच्चा हुर्काउन मात्र होइन अहिले उनि आफ्नो समाजमा बाच्न सके अबस्थामा समेत छैनन् ,घर बनाउदा लागेको ऋण त्यसै माथि श्रीमान विदेश जाँदा लागेको ऋण जहाँको त्यहि छ त्यस्तै छ ।

ऋण निकाल्दा टिकाका दाईहरु जमानी बसेर जग्गा धितो राखेर निकालेको ऋणले अहिले टिकाको परिवार मात्र नभई उनको माइतिको समेत बिचल्ली भएको छ ।भिम बहादुर पुगेको ३ बर्ष सम्म सम्पर्क भए ता पनि उनले कमाएर पठाउने पैसा भने उनको नाममा आएन कहिले साहु त कहिले अरु आफन्तको नाममा आयो त्यसले ऋण टरेन उल्टै अहिले लाख निकालेको ठाउँ तिहाइ हुदै गएको छ ।दाईहरुको जग्गा धितो राखेर निकालेको ऋणले अहिले जग्गा समेत लिलाम हुने बेला भएको छ तर भिम बहादुर भने कहाँ छन् केहि पत्तै छैन ।

गाउँ मै ज्यामी काम गरेर जेनतेन टिकाले बालबच्चाको खर्च टार्न सकेकी छिन तर लागेको ऋण भने उस्तै छ ,परिवारका सासु ससुरा जेठाजुलाई आफ्नो पिडा सुनाउछिन तर सुनिदिने कोहि छैन । यति सम्म कि भिम बहादुर विदेश जादा जन्मेको बच्चाले समेत बाबु खोज्छन तर टिका संग कुनै जवाफ नै छैन ।उनि पिडाले आत्म हत्याको स्थिति सम्म पुगेकी छिन तर तिनै बच्चा र श्रीमान कतै सम्पर्कमा आउछन कि यहि आशाले उनि जीवित छिन ।

धन कमाउन गएका श्रीमान् एकाएक कतै पनि सम्पर्क नहुनु परिवारबाट साथ् नपाउनुले उनको जिबन सायदै नरक जस्तै बनेको छ । जेल पर्दै छु मलाई मारिदै छ भन्दै रोइ कराई गरेका भिम बहादुरले इमोमा रुदै कराउदि भनेका थिए त्यहि बेला देखि उनि सम्पर्क बिहिन छन् न कसैलाई सोध्दा सम्पर्क हुन्छ भनिदिन्छन न त् टिकालाई विदेश गएको मेनपावर नै थाहा छ ।कोहि कसैले भिम बहादुर बस्नेत जसलाई कहिँ कतै देख्नु भेट्नु भए पक्कै पनि सम्पर्क गरिदिनुहोला । बाकि यो रिपोर्ट हेर्नुहोस –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर