OSNepal मंगलबार, माघ ४ २०७८

सत्ता गठबन्धन जनप्रतिनिधिले राष्ट्रियसभा निर्वाचनमा एकै ठाउँमा मतदान गर्ने

सत्ता गठबन्धन जनप्रतिनिधिले राष्ट्रियसभा निर्वाचनमा एकै ठाउँमा मतदान गर्ने

  • OSNepal
  • शुक्रबार, पौस ३० २०७८


सत्ता गठबन्धन जनप्रतिनिधिले राष्ट्रियसभा निर्वाचनमा एकै ठाउँमा  मतदान गर्ने
Reading Time: < 1 minute

खोटाङ, ३० पुस-सत्ता गठबन्धनमा आवद्ध खोटाङका चार राजनीतिक दलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको पक्षमा मतदान गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आगामी १२ माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा खोटाङबाट मतदान गर्ने जनप्रतिनिधिले गठबन्धनलाई मतदान गर्ने निर्णय गरेको हो ।

कांग्रेस सभापति विष्णुकुमार राईले गठबन्धनमा आवद्ध चार राजनीतिक दलका जनप्रतिनिधिलाई गठबन्धनकै पक्षमा मतदान गर्ने÷गराउने निर्णय गरिएको जानकारी दिनुभयो । “सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलले राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो, “जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धी, सङ्घीयता, लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् प्रतिगमनकारी हर्कत र पश्चगमनकारी कदमलाई असफल बनाउँदै देशलाई एकतावद्धरुपमा अग्रगमनतर्फ अगाडि बढाउन जिल्लाबाट गठबन्धनलाई मतदान गर्ने निर्णय गरेका हौँ ।”

जिल्लाका चार सत्ता साझेदार दलले आगामी स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनसमेतमा गठबन्धन कायम राखिने माओवादी केन्द्रका अध्यक्ष देवान किराँती ‘पृथ्वी’ले बताउनुभयो । “केन्द्रमा गठबन्धन भत्किएको अवस्थामा पनि जिल्लाको सापेक्षता र आवश्यकताको आधारमा गठबन्धन कायम रहन्छ”, उहाँले भन्नुभयो, “सत्ता गठबन्धनमा आवद्ध दलबीचको सहकार्य, एकताको संयुक्त प्रयासलाई थप बलियो बनाउन गठबन्धनलाई पालिका र वडा तहसम्म पु¥याउने तयारी गरिएको छ ।”

सत्ता गठनबन्धनमा आवद्ध चार राजनीतिक दलले गरेको निर्णय प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । विज्ञप्तिमा कांग्रेस सभापति राई, नेकपा माओवादी केन्द्रका अध्यक्ष पृथ्वी, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष जलशेर राई र जनता समाजवादी पार्टीका अध्यक्ष टङ्क थापाले हस्ताक्षर गर्नुभएको छ ।

जिल्लाको समग्र विकास निर्माणको लागि साझा प्रयास जारी राख्ने, गठबन्धनमा आवद्ध दलको पालिकामा संयुक्त बैठक बसेर जनताको माग प्रदेश र सङ्घीय सरकारमार्फत सम्बोधन गर्न पहल गर्ने निर्णयसमेत गरिएको गठबन्धन दलले जनाएको छ । गठबन्धन दलले जिल्लामा विकासे योजना वितरण गर्दा आफ्ना कार्यकर्ता निकटलाई लक्षित गरेर योजना वितरण गर्दा प्रभावकारी नभएको आरोप लगाएका छन् । दश स्थानीयतह रहेको जिल्लामा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलसँग राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सङ्ख्या दश मत रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) एक्लैको १२ मत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड