ज्यामीरेमाने नवलपुर सडक स्तरोन्नती सरु — OSNepal

ज्यामीरेमाने नवलपुर सडक स्तरोन्नती सरु

LC (KTM) January 18, 2022 0

सिन्धुपाल्चोक- ईन्द्रावती गाउँपालिकाको रणनैतीक सडक अन्तर्गतको ज्यामीरेमाने नवलपुर सडकको स्तरोन्नतीको शिलान्यास भएको छ । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले मंगलबार सो सडकको शिलान्यास गर्नुभएको हो ।

शिलान्यासको अवसरमा अध्यक्ष तामाङले ईन्द्रावती समृद्धीको आभार, शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पुर्वाधार भन्ने गाँउपालीकाको नारालाई सार्थक बनाउन यो सडकले सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले गाउँपालिकाका सम्पुर्ण सडक क्रमश स्तरोन्नती र कालोपत्र गरिदै लैजाने जानकारी दिदैं धमाधम काम भइरहेको उल्लेख गर्नुभयो ।

संघिय सरकार र स्थानीय सरकारको साझेदारीमा काम सुरु गरीएको हो । सो सडकको स्तरोन्नती पस्चात गाउँपालिकाको ७ वटा वडाहरुले प्रत्यक्ष रुपमा लाभ लीनेछन । सडक र नाला निर्माणपछि त्यस क्षेत्रमा आवतजावतमा सहज हुने बताईएको छ ।

सो सडकको स्तरोन्नतीका लागी मूल्य अभिबृद्धी कर सहीत १० करोड ९ लाख ९ हजार ८ सय ५१ रुपैंया लागत अनुमान रहेको थियो । सो लागतमा ईन्द्रावती गाँउपालीकाको ५ करोड ९४ लाख ९ हजार ८ सय ५१ र संघिय सरकारको समपुरक अनुदान ४ करोड १५ लाख रहेको छ ।

ज्यामीरेमाने नवलपुर सडक स्तरोन्नतीमा बाटो चौडा गर्ने, प्लम क्रंक्रीटको नाली बनाउने, ढुड्गाको सोलीङ्ग गर्ने, गाभ्रेल गर्ने, स्टोन मेसिनरी तथा ग्यावीन वाल लगाउने, ह्युमपाईप हाल्ने र बाटो ढलानको काम रहेको छ । सो बाटो निर्माणका लागी श्री घिसिङ ÷ यु एण्ड एस जे.भी, माझीफेदा काभ्रेले सम्झौता गरेर काम सुरु गरेको छ । निर्माणको जिम्मा पाएको कम्पनीले ५ करोड २१ लाख २३ हजार ३ सय ५४ मा ठेक्का सम्झौता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर