बेहुली नपाएको झोंकमा आफैलाई जलाए एक बृद्धले — OSNepal

बेहुली नपाएको झोंकमा आफैलाई जलाए एक बृद्धले

LC (KTM) January 18, 2022 0

संसारमा अचम्मका घटनाहरु देख्न र सुन्न पाइन्छन् । दक्षिण कोरियामा पनि एउटा यस्तै अचम्म र उदेक लाग्दो घटना घटेको छ । बिबाह गर्न नपाएको झोंकमा एक बृद्धले आफ्नै शरीर जलाएका छन् । दुलाहा दुलही खोजिदिने एउटा लमी संस्थाका कर्मचारीसँग विवाद भएपछि एकजना पुरुषले आफ्नो शरीरमा मट्टीतेल छर्केर आगो लगाएका थिए ।

जेजु राज्यका स्थानीय निकायका अनुसार ६४ वर्षीय दक्षिण कोरियाली वृद्धले यसरी आत्मदाह गरेका हुन् । उनि बुढेसकालमा बिबाह गर्न चाहन्थे । त्यहि भएर बिबाह गरिदिने निकाय पुगेर आफुलाई दुलही खोजिदिन आग्रह गरे । उक्त निकायले विवाहका लागि केटी खोज्न अस्वीकार गरेपछि उनले आफैलाई जलाएका थिए । शरीरका सबै भागहरु नराम्ररी जलेका उनी अझै बेहोस अवस्थामा रहेका छन् ।

स्थानीय न्युज आउटलेट जुङ आङ इल्वाकाअनुसार ती वृद्धले अब आफ्नो विवाह नहुने स्थिति देखेपछि निराश भएर आफूसँगै रहेको प्लास्टिकको बोतलबाट शरीरमा मट्टीतेल छर्केर लाइटरले बालेका थिए । बिबाह गरिदिने कम्पनि र बेहुली खोजिदिन आग्रह गर्ने ब्यक्तिको नामा सरकारले सार्वजनिक भने गरेको छैन ।

जब ति बृद्धले आगो आफ्नै शरीरमा लगाए सम्बन्धित ती कर्मचारीले तत्काल पानी छ्यापेर उनको शरीरको आगो निभाउने असफल प्रयास गरेका थिए । वास्तवमा ती वृद्धले पहिले नै एक विदेशी महिलासँग विवाह गरिसकेकाले दोस्रो विवाहका लागि कानुनी अडचन खडा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर