चलचित्र 'गेम’का लागि राई इज किङ्ग र मिलनको आवाज — OSNepal

चलचित्र ‘गेम’का लागि राई इज किङ्ग र मिलनको आवाज

LC (KTM) January 21, 2022 0

काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘गेम’ को गीतहरुको रेकर्डिङ काठमाडौंको संगम स्टुडियोमा शुरु भएको छ। राई इज किङ्ग राजेश पायल राई र मिलन नेवारको आवाजमा उक्त फिल्मको गीत रेकर्डिङ गरिएको हो ।

निर्देशक टेक पौरखीको निर्देशन रहने नयाँ नेपाली चलचित्र ‘गेम’मा अपेक्षा सिग्देल ९यशोधा० को शब्द तथा संगीत निर्देशन रहेको छ भने गणेश कुमार चौधरी संगीत संयोजक रहेको छ ।

काठमाडौं तथा सिक्किममा छायांकनको लागी स्पट खोजिएको चलचित्र गेमको प्रमुख भूमिकाको लागि नायक दयाहांग राईसंग अनौपचारिक छलफल भईरहेको निर्माण यूनिटले जनाएको छ ।नरेन गुरुङ तथा कृष्ण कुमारको लगानी चलचित्र गेममा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर