जिम्मेवार ब्यक्तिबाट द्वन्द निम्त्याउने अभिब्यक्ती सामाजिक र कानुनी रूपमा अपराध हुन् : पौडेल — OSNepal

जिम्मेवार ब्यक्तिबाट द्वन्द निम्त्याउने अभिब्यक्ती सामाजिक र कानुनी रूपमा अपराध हुन् : पौडेल

LC (KTM) January 22, 2022 0

काठमाडौं ८ माघ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भौतिक पूर्वाधारमन्त्री रेणु यादवको अभिव्यक्ति राजनीतिक मर्यादा विपरीत भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता पोडेलले यस्तो टिप्पणी गरेका हुन् । उनले भनेका छन्, मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादा विपरीत छ। फरक मत र विचार राख्ने अधिकार सबैलाई हुन्छ तर शैली मर्यादित हुनुपर्छ।

जिम्मेवार ब्यक्ति बाट यस्ता अभिव्यक्ति आउनु पदिय मर्यादा बिपरित भएको उनको ठहर रहेको छ । केहि दिन अगाडी एक कार्यक्रममा सहभधागी भएकी मन्त्री यादजले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।

मन्त्री यादवको अभिव्यक्ति पछि चौतर्फी रुपमा उनेको आलोचना भइरहेको छ । कांग्रेसबाट नै उनलाई बर्खास्त गर्नुपर्छ भन्ने आवाज आइरहेको छ ।

‘मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादा विपरीत छ। फरक मत र विचार राख्ने अधिकार सबैलाई हुन्छ तर शैली मर्यादित हुनुपर्छ।हिंसालाई प्रोत्साहन दिने,द्वन्द निम्त्याउने अभिब्यक्ती सामाजिक र कानुनी रूपमा अपराध हुन्।अझ जिम्मेवार ब्यक्ति बाट यस्ता अभिव्यक्ति आउनु पदिय मर्यादा बिपरित हो।’

उनले लेखेका छन्, ‘मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादा विपरीत छ। फरक मत र विचार राख्ने अधिकार सबैलाई हुन्छ तर शैली मर्यादित हुनुपर्छ।हिंसालाई प्रोत्साहन दिने,द्वन्द निम्त्याउने अभिब्यक्ती सामाजिक र कानुनी रूपमा अपराध हुन्।अझ जिम्मेवार ब्यक्ति बाट यस्ता अभिव्यक्ति आउनु पदिय मर्यादा बिपरित हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर