छोरा छोरीका बुबा हुँदा पनि कयौँ युवतिले ऋतिक रोशन भनेपछि किन गर्छन मरिहत्ते ? — OSNepal

छोरा छोरीका बुबा हुँदा पनि कयौँ युवतिले ऋतिक रोशन भनेपछि किन गर्छन मरिहत्ते ?

LC (KTM) January 23, 2022 0

एजेन्सी -बलिउड स्टार ऋतिक रोशनले सुजैन खानसँग विवाह गरेपछि पनि अभिनेताको धेरै अफेयर थियो । यो सबैलाई थाहा भएकै कुरा हो । उनीसँग धेरै अभिनेत्रीको नाम जोडिएको थियो । जसमा करिना कपुर खानदेखि बारबरा मोरी, कंगना रनौतसम्मको नाम समावेश छ । तर कुनै बेला ऋतिक बलिउड मेगास्टार तथा महानायक अमिताभ बच्चनकी छोरी श्वेता बच्चनसँग पनि नजिक आएका थिए ।

यी समाचारले एक समय सामाजिक सञ्जालको तापमान नै बढाएको थियो । मिडिया रिपोर्टका अनुसार ऋतिक र श्वेताको सम्बन्ध यसरी सुरु भएको थियो कि एक पटक कुनै घटनाका कारण अभिनेतालाई चोट लागेको थियो । यस्तो अवस्थामा श्वेता आफ्ना भाइ अभिषेक बच्चनसँग ऋतिकलाई भेट्न उनको घर नै पुगेकी थिईन् । त्यसपछि अभिषेक नहुँदा धेरै पटक श्वेता एक्लै ऋतिकलाई भेट्न जाने गरेकी थिईन् ।

यसै क्रममा दुवै एक अर्काको नजिक भए । विवाहित भए पनि श्वेताले पनि ऋतिकलाई मन पराउन थालेकि थिईन् । हालै श्वेता बच्चन दिल्लीबाट मुम्बई सरेको खबर आएको थियो । जसलाई लिएर श्वेता बच्चन आफ्ना छोराछोरी र श्रीमानलाई छोडेर अभिनेता ऋतिकसँग बढी समय बिताउन दिल्लीबाट मुम्बई सरेको बताइन्छ । यो खबरले बि टाउन निकै तताएको थियो र सबैले श्वेताको अफेयरको चर्चा गर्न थालेका थिए ।

यस्तो अवस्थामा बिग बीले आफ्नी छोरीको वैवाहिक जीवन बचाउन एउटा उपाय अपनाए । जानकारीका अनुसार अमिताभ बच्चनले ऋतिकसँगको सम्बन्ध तोडेका छन् र उनीसँग भेटघाट पनि बन्द गरेका छन् । यससँगै श्वेतालाई उनीकहाँ जान पनि कडाइका साथ रोकिएको थियो । यस्तो अवस्थामा श्वेताले अभिनेतालाई भेट्न सकिनन् ।

यता, अहिले आफ्नो खुट्टामा उभिन चाहने भएकाले श्वेता आफ्नो फेसन डिजाइनिङको कोर्स गर्न मात्रै मुम्बई सरेको कुरा मिडियामा फैलिएको थियो । तर, यो कुरामा कति सत्यता छ, त्यो भने ऋतिक वा श्वेता बच्चनबाट मात्रै थाहा हुन्छ । तसर्थ, यी सबै कुरा पुष्टि गर्न सकिँदैन। तर यी समाचारले बजार तताएको कुरा भने सत्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर