मन्त्री रेणु यादवले सीके राउतलाई ज्यान मार्ने धम्की दिएपछि जनमत पार्टीका उपाध्यक्षले दिए यस्तो चेतावनी — OSNepal

मन्त्री रेणु यादवले सीके राउतलाई ज्यान मार्ने धम्की दिएपछि जनमत पार्टीका उपाध्यक्षले दिए यस्तो चेतावनी

LC (KTM) January 23, 2022 0

जनमत पार्टीका केन्द्रिय उपाध्यक्ष दीपक कुमार साहले जनता समाजवादी पार्टीकी मन्त्री रेणु यादवले दिएको अभिव्यक्ति अपराधिक अभिव्यक्ति भएको बताएका छन् ।

आइतबार ओएस नेपालको इन्टरनेशनल डिसर्कोसमा पत्रकार एचवी ताम्राकारसँगको कुराकानीमा उपाध्यक्ष साहले यो विषय राष्ट्रिय बहसको विषयमा बन्नुपर्ने भन्दै यस्तो बताएका हुन् ।

आफ्नो पार्टी विगत एक महिना देखि किसानको मुद्धालाई लिएर शान्तिपुर्ण आन्दोलन गरिरहेको बताएका उनले मन्त्री यादवले किसानको मुद्धालाई लिएर विरोध जनाउँदै पार्टी अध्यक्ष डा सीके राउतलाई ज्यान मार्ने चरम अभिव्यक्ति दिएको बताएका छन् ।

कुराकानीमा उनले आफ्नो पार्टीको दश वर्षे इतिहास हेर्ने भने सबैभन्दा बढी अनुशासित पार्टी भएको समेत दावी गरेका छन् ।

किसान आन्दोलनलाई गौर हत्या जस्तो नरसंहार घटनालाई जोडेको भन्दै मन्त्री यादवले आफैले गौर घटना गराएको समेत बताएकी उनले खुलासा गरेका छन् ।

आफ्नो किसान आनदोलनको माग पुरा नभए सम्म निरत्नर चलिरहने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर