टेकु अस्पतालमा भोलिदेखि खोप अभियान फेरि सञ्चालन हुने — OSNepal

टेकु अस्पतालमा भोलिदेखि खोप अभियान फेरि सञ्चालन हुने

LC (KTM) January 24, 2022 0

काठमाडौं, १० माघ-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट पुन: खोप अभियान सञ्चालनमा आउने भएको छ ।सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाकारी दिएको हो ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितका साथै कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहँदा खोप लगाउनेहरुको भीड अस्पतालमा लागेको थियो थियो ।

तर, अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि खोप अभियान स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर