क्रिप्टो करेन्सीको कारोबारमा सम्लग्न भएको आरोपमा एकै घरका ३ जना सहित चार जना विरुद्ध अदालतमा मुद्धा — OSNepal

क्रिप्टो करेन्सीको कारोबारमा सम्लग्न भएको आरोपमा एकै घरका ३ जना सहित चार जना विरुद्ध अदालतमा मुद्धा

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । राजस्व अनुशन्धान विभागले एकै घरका ३ जना सहित ४ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । क्रिप्टो करेन्सीको कारोबारमा सम्लग्न भएको आरोपमा एकै घरका ३ जना सहित ४ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ बिगो दाबी गर्दै चार जना उपर मुद्धा दायर गरेको हो । काठमाडौं अदालतमा करेन्सीको कारोबारमा सम्लग्न भएको अभियोगमा कैलालीको लम्किचुवा स्थायी घर भएका दिनेश खड्का, उनकी दिदी भगवती, उनका बुवा नरबहादुर र दिनेशकै साथी अनिता धितालविरुद्ध मुद्धा दायर भएको हो ।

विभागले दिएको जानकारी अनुसार दिनेशले आफ्नो बैंक अकाउन्टबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१ रुपैयाँको कारोबार गरेको र उनकी दिदी भगवतीको खाताबाट २० करोड ४२ लाख ९४ हजा रुपैयाँ बढी, कारोवार भएको खुल्न आएको छ ।

साथै, उनका बुबा नरबहादुरको बैंक खाताबाट ६४ लाख ११ हजार र दिनेशकी साथी अनिताको खाताबाट ५ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर