रोहित चन्दको पर्सिजाको ईन्डोनेसियाको लिग वान फुटबलमा जित — OSNepal

रोहित चन्दको पर्सिजाको ईन्डोनेसियाको लिग वान फुटबलमा जित

LC (KTM) January 26, 2022 0

नेपाली राष्ट्रिय टिमका सदस्य समेत रहेका रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले ईन्डोनेसियाको लिग वान फुटबलमा जित निकाल्न सफल भएको छ । बुधबार राति भएको खेलमा पर्सिजाले पेर्सितालाई दुई एक गोल अन्तरले हराउँदै जित निकालेको हो । खेलको ३२ औं मिनेटमा रिओ फाह्मीले गोल गर्दै पर्सिजालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ४० औं मिनेटमा टेएलोन कोर्रेयाले गोल गर्दै पेर्सितालाई एक एक गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ६९ औं मिनेटमा ताउफिक हिडयडले गोल गर्दै पर्सिजालाई दुई एकको जित दिलाए । पेर्सिताविरुद्ध रोहितले पुरै समय मैदानमा बिताएका थिए । आजको यो जितसँगै पर्सिजाले २१ खेलमा ३२ अंक जोडेको छ । पर्सिजा लिगको छैटौं स्थानमा रहेको छ । पेर्सिता २५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर