OSNepal शनिबार, मंसिर ११ २०७८

हल्दिवारीमा कोरोना संक्रमितको संख्या ३०० नाघ्यो , ३० बालबालिका पनि संक्रमीत

हल्दिवारीमा कोरोना संक्रमितको संख्या ३०० नाघ्यो , ३० बालबालिका पनि संक्रमीत

  • OSNepal
  • सोमबार, जेष्ठ २४ २०७८


हल्दिवारीमा कोरोना संक्रमितको संख्या ३०० नाघ्यो , ३० बालबालिका पनि संक्रमीत
Reading Time: < 1 minute

हल्दिवारी ,२४ जेठ । हल्दिवारी गाउँपालिकामा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनु भएको छ ।स्वास्थ्य प्रमुख निरौलाका अनुसार आज थपिएका संक्रमीत मध्ये १२ जना वडा नम्बर ५ का छ्न ।त्यस्तै वडा नम्बर २ का २ जना र वडा नम्बर ३ का एक जना रहेका छन ।

उनका अनुसार आज वडा नम्बर ५ का ३९ जनाको एन्टिजिन टेस्ट गर्दा १२ जनाको कोरोना पोजेटिभ देखिएको हो भने वडा नम्बर २ का २ जना र ३ का एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।हल्दिवारीमा आज थपिएका१५ सहित कोरोना संक्रमितको संख्या ३०१ पुगेको छ भने ती मध्ये ३० बालबालिका रहेका छ्न ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड