मोडल निशालाई प्राप्त आर्थिक सहयोग थेरापीमा खर्च गरिने ! — OSNepal

मोडल निशालाई प्राप्त आर्थिक सहयोग थेरापीमा खर्च गरिने !

LC (KTM) June 17, 2021 0

काठमाडौं–नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेलाई प्राप्त भईरहेको आर्थिक सहयोग थेरापीमा खर्च गरिने भएको छ । निशाकी आमा गोमाले उक्त रकम उनी डिस्चार्ज भएपछि हुने थेरापीमा खर्च गरिने बताएकी छन् ।

निशाको उपचारमा अमेरिकामा रहेका सुमन दाहालबाट ५० डलर, अशोक श्रेष्ठबाट ५५ डलर, किशोर सुब्बाबाट ५१ डलर, गोपाल चन्द्र लामिछानेबाट ५१ डलर, अक्की शर्माबाट ५१ डलर, पवन गौतमबाट ५१ डलर, अनिल संग्रौलाबाट ५१ डलर, दिनेश कार्कीबाट एकाउन्न डलर गरि जम्मा ४ सय ११ डलर र नेपालबाट चलचित्र पत्रकार रघुनाथ सापकोटाबाट गरेर ५१ हजार १ सय रुपैयाँ निशाको निवास ललितपुर बुङमती पुगेर गोमालाई हस्तान्तरण गरिएको थियो । उक्त नगद चलचित्र निर्देशक समाजका महासचिव जनकदिप पराजुली, कार्यसमिति सदस्य देवेन्द्र पाण्डे, निर्देशक अमर ओली र चलचित्र पत्रकार रघुनाथ सापकोटाले हस्तान्तरण गरेका थिए ।

निशाको अहिले नभर्सक अस्पतालले निशुल्क उपचार गरिरहेको । उपचार पछि निशाको स्वास्थमा केही चमक आएको छ । तीन वर्ष अघि भारतको देहरादुनमा सडक दुर्घ टनामा परेकी घिमिरेको उपचारमा हालसम्म झण्डै ३० लाख रुपैंयाँ बढी खर्च भइसकेको छ । निशाका पिता प्रेम घिमिरेका अनुसार निशाको स्वास्थ्यमा सुधार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर