सभापतिका आकांक्षी हामीहरु एकै ठाउँमा छौं — OSNepal

सभापतिका आकांक्षी हामीहरु एकै ठाउँमा छौं

LC (KTM) June 25, 2021 0

काठमाडौँ ११ असार । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको लागि सभापतिका आकांक्षीहरु डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ। आज शुक्रबार कोइराला निवासमा भएको छलफलमा यी तिनै जनाले आफुहरु एकै ठाउँमा भएको बताएका छन् ।

तिनै जनाले सभापतिको उम्मेदवारीमा दावी गर्ने जनाए पनि मिलेर जाने भन्दै आएका छन् । आजको भएको छलफलमा पनि तीन जनाबीच सहमति भएर गठबन्धन पनि बन्न सक्ने जनाइएको छ । एकै ठाउँमा भएकाले हाम्रो बीचमा सहमतिमा नेतृत्व हुने सम्भावना बढी भएको महामन्त्री कोइरालाले बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर