विजयको फिल्ममा यति महंगो पारिश्रमिक लिएर काम गर्दै पूजा — OSNepal

विजयको फिल्ममा यति महंगो पारिश्रमिक लिएर काम गर्दै पूजा

LC (KTM) June 27, 2021 0

काठमाडौं-बलिउड फिल्ममा पनि लगातार काम गरिरहेकी पूजा हेगडेको साउथ फिल्ममा पनि व्यस्तता बढाएकी छन् । केही समय अगाडि अभिनेता प्रभाससँग फिल्म ‘राधे श्याम’ मा काम गरेकी उनले तमिल सुपरस्टार थलापति विजयसँग फिल्म ‘बिस्ट’ मा काम गर्ने भएकी छन् ।यो फिल्मका लागि उनले चार करोड पारिश्रमिक लिएको बताइएको छ । यसअघि उनले तीन करोड लिएर फिल्ममा काम गर्ने गरेकी थिइन् ।

साउथ इन्डस्ट्रीमा चार करोड पारिश्रमिक बुझ्ने अभिनेत्रीमा केही नायिकाम मात्र पर्छन् । थलापति विजयले भने एक फिल्मका लागि सय करोड पारिश्रमिक लिने गर्छन् ।तमिल फिल्म ‘मुगमोदो’ बाट करिरको सुरुवात गरेकी उनले बलिउडमा भने ‘मोहेन्जोदारो’ बाट डेब्यु गरेकी थिइन् । चाँडै बलिउड सुपरस्टार सलमान खानसँग फिल्म ‘कभी ईद कभी दीवाली’ मा उनले काम गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर