नेपाल प्रहरी अस्पतालको विशेषज्ञ चिकित्सकहरु सहितको नि:शुल्क स्वास्थ्य शिविर — OSNepal

नेपाल प्रहरी अस्पतालको विशेषज्ञ चिकित्सकहरु सहितको नि:शुल्क स्वास्थ्य शिविर

LC (KTM) June 28, 2021 0

काठमाडौं १४ असार । सिन्धुपाल्चोक जिल्लामा हालसालै गएको बाढी पहिरोको कारण सो क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण नागरिक, पूर्व प्रहरी कर्मचारी तथा परिवार र कार्यरत वहालवाला प्रहरी कर्मचारीहरु समेतको स्वास्थ्यलाई ध्यानमा राखी मिति २०७८ असार ९ गते पहिलो टिममा ११ जना र भोलिपल्ट १० गते विहान दोश्रो टिममा ११ जना गरि २२ जना रहेको स्वास्थ्यकर्मीहरुको टिम सिन्धुपाल्चोक जिल्लाका हेलम्बु गा.पा. चिलाउनेघारी, इचोकमा तथा मेलम्ची न.पा.-११ मेलम्चीमा र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा समेत विशेषज्ञ चिकित्सक सहितको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनको लागी नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट त्यसतर्फ खटाई पठाइएको थियो ।

नेपाल प्रहरी अस्पतालको विशेषज्ञ चिकित्सकहरु सहितको स्वास्थ्यकर्मी टिम प्रा.प्र.ब.उ. डा. सञ्जय बिक्रम श्रेष्ठ (जनरल सर्जरी) को कमाण्डमा प्रा.प्र.उ. डा. आशिष दत्त (मानसिक रोग), प्रा.प्र.ना.उ. डा. रोजिना मानन्धर (प्रसुति तथा स्त्रीरोग), प्रा.प्र.ना.उ. डा. निर्मल घिमिरे (मेडिसिन), प्रा.प्र.ना.उ. डा. मुक्ति घिमिरे (वालरोग), प्रा.प्र.ना.उ. डा. शंकर थापा (अर्थोपेडिक सर्जन), प्रा.प्र.ना.उ. डा. सुवास थापा (रेडियोलोजी), र मेडिकल अफिसरहरु प्रा.प्र.नि. डा. एलिना श्रेष्ठ, प्रा.प्र.नि. डा. प्रभाकरण श्रेष्ठ, प्रा.प्र.नि. डा. प्रविना मास्के र नर्सिङ तर्फ प्रा.प्र.नि. निरुषा महर्जन लगायत पारामेडिक्सहरुलाई खटाई पठाइएको थियो ।

उक्त बाढी प्रभावित स्थानमा पुगी जनरल सर्जरी, मानसिक रोग, प्रसुति तथा स्त्रीरोग, मेडिसिन, वालरोग, अर्थोपेडिक सर्जन र रेडियोलोजी सेवा विशेषज्ञ चिकित्सकबाट प्रदान गरिएकोमा सेवा लिन आउने पुरुष २९७ र महिला २९२ गरी कुलजम्मा ५८९ जनाको नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको थियो भने सोमध्ये ५६२ जनालाई नि:शुल्क औषधी वितरण गरिनुका साथै १२६ जनालाई अल्ट्रासाउण्ड र २ जनालाई इकोकार्डियोग्राम सेवा समेत उपलव्ध गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर