सभापतिका आकांक्षी निधि, कोइराला र सिंहबीचको ‘लञ्च मिटिङ’ सहित भेटवार्ता शुरू — OSNepal

सभापतिका आकांक्षी निधि, कोइराला र सिंहबीचको ‘लञ्च मिटिङ’ सहित भेटवार्ता शुरू

LC (KTM) June 29, 2021 0

काठमाडौँ १५ असार । नेपाली कांग्रेसको सभापति पदको लागि दावेदार तिन नेताहरुको भेटवार्ता शुरू भएको छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच आज मंगलबार सिंहको निवास चाक्सिवारीमा ‘लञ्च मिटिङ’ सहित भेटवार्ता शुरू भएको हो ।

सभापतिका आकांक्षी नेतात्रयले यस भन्दा अगाडी पनि १४औं महाधिवेशनका लागि सभापतिको विषयमा छलफल गरिसेकेका छन् । मिलेर जाने बताउँदै आएका नेतात्रयको यो तेस्रो भेटवार्ता हो । महाधिवेशन नजिकिँदै गर्दा सभापतिको पदको लागि कसलाई उम्मेदवारमा उठाउने विषयमा कांग्रेसका यति बेला चासोको विषय बनेको छ ।

वर्तमान सभापति शेरबहादर देउवाले फेरि पनि आफै सभापतिमा उठ्ने दावी गरेपछि देउवालाई हराउन भएपनि तिन नेताहरु मिलेर जाने पक्षमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर