बर्दियामा श्रीमती र १८ वर्षीय छोराले कु ट पिट गरेर लिए श्रीमानको ज्यान,भएको थियो सय रुपैयाँमा झगडा — OSNepal

बर्दियामा श्रीमती र १८ वर्षीय छोराले कु ट पिट गरेर लिए श्रीमानको ज्यान,भएको थियो सय रुपैयाँमा झगडा

LC (KTM) June 30, 2021 0

मधुवन नगरपालिका–४ बादरभरियामा श्रीमान्को ह त्या अभियोगमा छोरासहित एक महिला प क्राउ परेका छिन् । अठ्तीस वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेका अभियोगमा श्रीमती ३८ वर्षीया सीता र छोरा १८ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रक्सी खानका लागि रु एक सय मागेका विषयमा विवाद हुँदा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका थारुकोे जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको थियो । सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले अभियुक्तलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर