• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

काठमाडौँ उपत्यकामा बढ्यो चहलपहल

काठमाडौँ उपत्यकामा बढ्यो चहलपहल


  • ओएसनेपाल
  • असार १६ २०७८, बुधबार
  • ४:०४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 2.7K
    SHARES

    काठमाडौँ, कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र व्यवस्थापनका लागि जारी दुुई महिना लामो निषेधाज्ञा मङ्गलबारदेखि थप खुकुुलो पारिएसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेकोे छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

    काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै चहलपहल बढेको हो ।

    काठमाडौँ उपत्यकाका खाद्य तथा किराना पसल पूर्ण रूपमा सञ्चालनमा आएका छन् । मुख्य बजार क्षेत्र बिहान ११ बजेदेखि खुला गरिएको छ । बजार तथा पसलमा ग्राहकको चाप न्यून रहे पनि व्यापारी सामान सजावट र सरसफाइमा व्यस्त देखिन्थे ।

    यातायात सेवामा लागू गरिएको जोर–बिजोर प्रणालीका कारण पनि सडकमा बस कम गुडेको यातायात व्यवसायी बताउँछन् । सर्वसाधारण यात्रुको चाप पनि न्यूून देखिएको छ ।

    मयूर यातायातका सञ्चालक मोहन बस्नेतका अनुसार दुुई महिनादेखि थन्किएका गाडी मर्मत र सरसफाइ गर्नुपरेकाले पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका हुन् । बसहरू सञ्चालनमा आए पनि यात्रुको चाप निकै कम देखिन्छ ।

    उपत्यकाको सडकमा शुभकामना, मयूर, चन्द्रागिरि, नेपाल, महासागर र सिटीलगायत बस सञ्चालनमा आएका छन् । साझा यातायातको बस भने बुधबारबाट सञ्चालनमा आउने छ । निजी कार, ट्याक्सी, मोटरसाइकल र बसलगायतका यातायातका साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । माइक्रो र मिनीबसलाई भने चल्न दिइएको छैन ।

    नेपाल यातायाता व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला सार्वजनिक सवारी सञ्चालनमा विभेद भएको बताउनुहुन्छ । उहाँले सबैलाई चलाउन दिनुुपर्छ, कसैलाई न्याय र कसैलाई अन्याय गर्नु हुँदैन भन्नुुभयो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend