• २०७८ असोज ३१ आइतबार

ताजा अपडेट

धेरै पढिएको

कोरोना विरुद्धको नेपालको लडाइँमा पाकिस्तानद्वारा चार करोड सहयोग

कोरोना विरुद्धको नेपालको लडाइँमा पाकिस्तानद्वारा चार करोड सहयोग


  • ओएसनेपाल
  • असार १६ २०७८, बुधबार
  • ६:४३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.2K
    SHARES

    काठमाडौँ, १६ असार- पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन रु चार करोड ४३ वित्तीय सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा खगराज बराललाई मङ्गलबार अपराह्न उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले आज जनाएको छ ।

    “नेपाललाई हस्तान्तरित उक्त रकम पाकिस्तान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)कोभिड–१९ आपत्कालीन कोषमार्फत उपलब्ध गराउन गरेको प्रतिबद्धताअन्तर्गतको हो”, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारमा उदारतापूर्वक सहायता गरेकामा नेपाल सरकारका तर्फबाट सचिव बरालले पाकिस्तान सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend