दलितमाथि विभेद गरेको भन्दै पक्राउ परेकी महिलालाई छुटाएका मन्त्री कृष्णगोपाल श्रेष्ठले माफ माग्दै भने, ‘आइन्द म यस्तो गल्ति गर्ने छैन’ — OSNepal

दलितमाथि विभेद गरेको भन्दै पक्राउ परेकी महिलालाई छुटाएका मन्त्री कृष्णगोपाल श्रेष्ठले माफ माग्दै भने, ‘आइन्द म यस्तो गल्ति गर्ने छैन’

LC (KTM) June 30, 2021 0

काठमाडौं-शिक्षा मन्त्री कृष्णगोपाल जातिय विभेदलाई बढवा हुनेगरि दलितमाथि विभेद गरेको भन्दै पक्राउ परेकी महिलालाई छुटाए पछि उनको चौतर्फी विरोध भएको थियो । अब भने उनले आयनदा यस्तो गल्ती नर्गने भन्दै माफी मागेका छन् ।

उनले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष आफ्नो गल्ति भएको भन्दै स्वीकार गरेका छन् । मन्त्री श्रेष्ठले आयोगमा पदाधिकारी समक्ष आगामि दिनमा यस्तो गल्ति नगर्ने पनि प्रतिबद्धता गरेका थिए ।

मंगलबलार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आवेशमा आएर त्यस्ता कार्य नगर्न निर्देशन दिएका थिए ।मन्त्री श्रेष्ठलाई मानवअधिकार आयोगले कार्यालयमै बोलाएर हिजो छलफल गरेको थियो । जातिय विभेदलाई मुद्धामा पक्राउ परेकी महिलालाई मन्त्री स्वयम गएर छुटाई आफू सवार गाडिमा हालेर उनले ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर