क्यानडा अध्ययन गर्न जानका लागि कुन समयमा आवेदन दिँदा उत्तम हुन्छ ? — OSNepal

क्यानडा अध्ययन गर्न जानका लागि कुन समयमा आवेदन दिँदा उत्तम हुन्छ ?

LC (KTM) July 01, 2021 0

बिश्वब्वापी रुपमा फैलिएको माहामारी कोभिड १९ को पहिलो लहर सँगै अष्ट्रेलिया लगायत अन्य मुलुकहरुमा नेपालबाट उच्च शिक्षाको लागि जाने बिद्यार्थीहरुलाई असहज भएपछी धेरै नेपाली बिद्यार्थीहरुले क्यानाडाका विश्वबिद्यालय र कलेजहरुमा उच्च शिक्षाको लागि क्यानाडियन अध्यागमनमा आवेदन दिइ भिसा नतिजाको प्रतिक्षामा छन् । पछिल्लो समय क्यानाडियन अध्यागमनले नेपालबाट अध्ययन गर्न जाने बिद्यार्थीहरुको भिसा दर विगतका दिनहरु भन्दा केही बृदि गरेपनी कोभिड १९ को दोस्रो लहर शुरु पछी भिसा सम्वन्धी सबै कामकाजहरु रोकिएको अवस्थामा देखिएको छ ।

केही दिन अगाडि क्यानाडियन अध्यागमनले आफ्नो वेबसाईटमा 2021 मे 15 भन्दा अगाडि बुझाईसकेका पुरा अध्ययन भिसा आवेदनहरुको भिसा नतिजा अगस्ट 6 तारिक अगाडि दिने भनी सुचना निकालेको छ । भिसा अवेदन पुरा नभएकाहरुको हकमा गोरेटो कन्सल्टेन्सी बानेश्वरका लोकप्रिय काउन्सेलर धीरज कंडेल भन्छन, ” बायोमेट्रिक र मेडिकल भिसा आवेदनमा समाबेश नगरेका आवेदकहरुले VFS खुलेको समयमा जतीसक्दो चाडो बुजाउदा राम्रो हुन्छ। अध्यागमन ले दिएको अन्तिम मिती आउन एक महिना बाँकी भएकाले उक्त समय अगाडि आवेदन पुरा भएको खन्डमा भिसा नतिजा आउन सक्ने क्यानाडा करियर परामर्शदाता कंडेलले बताएका छन् । ”

यसैगरी क्यानाडियन कलेज र विश्वविद्यालयबाट अफर लेटर पाइसकेका बिद्यार्थीहरुले कागजपत्रहरु तयार गरी भिसा आवेदन ( Visa Application) दिएमा माहामारीको समयमा बिस्तारै काम हुने र शैक्षिक बर्ष खेर नजाने गोरेटो कन्सल्टेन्शीका अर्का लोकप्रिय काउन्सलर सतिश भट्टले जानकारी दिए। सेप्टेम्बर सेसनको लागि भर्ना लिइ विभिन्न कारणले भिसा आवेदन दिन नसक्दा फलस्वरुप: अर्को सेसनमा भर्ना सिट सार्ने धेरै बिद्यार्थीहरु भएकाले सेसन संख्या छिट्टै पुग्न सक्ने कुरालाई मध्यनजर गर्दै नयाँँ बिद्यार्थीहरुले जनवरी मे २०२२ इनटेक मा भर्ना हुन आजै देखी लाग्नु पर्ने काउनसलर भट्टले सुझाब दिएका छन।

कोभिड१९ को कारणले हवाइ सिमानामा कडाइ भएपनी भिसा प्राप्त गरेका गत सेसनका बिद्यार्थीहरुलाई अनिवार्य 10 दिन क्वारेन्टाइनमा राखी क्यानाडा प्रवेश गराएको छ भने नयाँ अपडेट अनुसार क्यानाडाले स्विक्रीत गरेका Pfizer, Moderna, AstraZeneca/Covishield or Johnson & Johnson खोपमध्य कुनै एकको पुरा मात्रा लिएका बिद्यार्थीहरु सिधै क्यानाडा प्रवेश गर्न पाउने मिल्टन टोरोन्टो क्यानाडा बस्ने गोरेटो कन्सल्टेन्सीका प्रमुख परामर्शदाता राम खड्काले जानकारी दिएका छन ।

गोरेटो कन्सल्टेन्शी वानेश्वरले नेपाल बाट क्यानाडा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विधार्थीहरु र उनीहरुका इच्छुक अभिवावकहरुलाई विभिन्न माध्यमद्वारा सुचना प्रवाह गर्दै आएको छ र क्यानाडा उच्च शिक्षा सम्वन्धी सम्पूर्ण जानकारी र बिद्यार्थीहरुको आफ्नै अनुभव सुन्न र सुनाउनको लागि गोरेटो कनसल्टेन्शीद्वारा संयोजन गरिएको CSSN फेसबूक ग्रुपमा जोडीन सक्ने (link ), गोरेटो कनसल्टेन्सीका संयोजक प्रकाश रेग्मीले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर