छोरीको आमा बन्ने अभिनेत्रीले मलाईका अरोडाले राखिन इच्छा — OSNepal

छोरीको आमा बन्ने अभिनेत्रीले मलाईका अरोडाले राखिन इच्छा

LC (KTM) July 02, 2021 0

बलिउडकी हट एण्ड बोल्ड नायिका मलाईका अरोडा आफ्नो फेशन र अन्दाजका लागि सबै फ्यान माझ अत्यन्तै लोकप्रिय रहेकी छिन् । उनी आफ्नो ब्यक्तिगत तथा ब्यवसायीक दुबै जिवनमा फ्यानका माझ ऐना जत्तिकै छर्लङ्ग रहेकी छिन् । अरवाज खान संग डिभोर्स भएपछि उनी आफु भन्दा निक्कै कान्छा नायक अर्जुन कपुर संग डेटमा रहेकी छिन् ।

उनीहरु दुबैलाई लिएर भारतीय संचारमाध्यमहरु एकदमै निगरानीमा समेत रहेका छन् । अहिले आएर मलाइकाले एउटा ईच्छा जाहेर गरेकी छिन् जस्लाई लिएर खुब चर्चा चुलिएको छ ।

मलाईकाले रियालिटी शो सुपर डान्सर च्याप्टर ४ मा आफ्नो एक पुरानो ईच्छा ब्यक्त गरेकी छिन् । उनी यो शो को जर्ज समेत रहेकी छिन् । शो को मञ्चमा मलाईकाले आफुलाई छोरीको आमा बन्न मन लागेको इच्छा ब्यक्त गरेकी छिन् ।

यदि यस्तो संभव भएन भने एउटा छोरीलाई आफ्नो काख दिने समेत बताएकी छिन् । उनले आफु सधैका लागि एउटी छोरीको आमा बन्न चाहेको बताएकी हुन् । मलाईका अहिले ४७ बर्षकी भईन उनले अरबाज लाई डिर्भाेस दिएर लामो समय देखी अर्जुन कपुर संग डेट गरिरहेकी छिन् ।

मलाईकाले शो को मञ्चमा आफ्नो छोरीको आमा बन्नका लागि गंभीर बनेको समेत बताईन् । उनको वरिपरि छोरा धेरै भएको तर आफुले आफ्नो सबै कुरा शेयर गर्न सक्ने खालको छोरी चाहिएको बताएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर