काठमाडौँ उपत्यकामा मंगलबारदेखि टेम्पो र माइक्रो बस पनि चल्ने — OSNepal

काठमाडौँ उपत्यकामा मंगलबारदेखि टेम्पो र माइक्रो बस पनि चल्ने

LC (KTM) July 04, 2021 0

काठमाडौँ– काठमाडौँ उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गर्दै अझ खुकुलो बनाइएको छ ।उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार असार २२ गते ने टेम्पो र नीलो माइक्रो बस पनि चल्ने भएका हुन् ।

यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएको थियो । आइतबार बसेको बैठकले एक साता निषेधाज्ञा थप गर्दै सफा टेम्पो र माइक्रो बसलाई पनि चल्न दिने निर्णय गरेको हो ।

सफा टेम्पो र निलो माइक्रोले कुल ९ जना यात्रु बोक्न पाउँछन् । पछाडि तेर्सो सिटमा ४र४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रुभन्दा बढी बोक्न पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर