ओलीले हात जोड्दै संसदमा सम्माननीय प्रधानमन्त्रीज्यू प्लिज मन्त्री दिनुहोस् भनेपछि... — OSNepal

ओलीले हात जोड्दै संसदमा सम्माननीय प्रधानमन्त्रीज्यू प्लिज मन्त्री दिनुहोस् भनेपछि…

LC (KTM) August 10, 2021 0

काठमाडौं २६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका केहि नेताहरु मन्त्री बन्न लालायित भएको भन्दै मन्त्री बनाइदिन आग्रह गरेका छन् ।

संसदमा सम्बोधन गर्ने क्रममा ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै प्रधानमन्त्री देउवालाई भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू प्लिज मन्त्री दिनुहोस् न,मेरा पार्टीका केही मान्छे पाउँला र खाउँला भनी तपाईंको पछि लागेका छन्’ ।

फ्याँ फ्याँ गरेर पछि बिहान बेलुका पछि लागेका छन्, मन्त्री बनाइदिनुहोस् । अलि अलि घाटा सहुँला ! भन्दै संसदबाटै आफ्नै दलका नेताहरुको व्यंग्य समेत गरेका छन् ।

गठवन्धन सरकार बनाउन आफ्नै दलका नेपालसहित २२ जनाले सांसदले देउवालाई प्रधानमन्त्री बन्न समर्थन गरेका थिए । देउवा पनि नेपालालई सहभागी गराउन दिन रात प्रयास गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर