नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै — OSNepal

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

LC (KTM) August 13, 2021 0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८ ७९ को मौद्रिक नीति आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । नेपाल राष्ट्र बैंकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

आज बस्ने सञ्चालक समितिको बैठकमा मौद्रिक नीति पेश गरेसँगै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्र बैंकका प्रवत्ता देव कुमार ढकालले बताए ।

अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा आर्थिक श्वेतपत्र पेश गरेपछि मौद्रक नीतिका लागि मार्ग निर्देशन भएको भन्दै राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।

गत आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो । तर, चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएपछि मौद्रिक नीति ढिलो सार्वजनिक हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर