आकाश श्रेष्ठलाई ब्रेकअप दिएर नायिका पुजा शर्माको युद्ध संग मस्ती , पर्वतको कुश्मा गरे दुबैले बञ्जी जम्प — OSNepal

आकाश श्रेष्ठलाई ब्रेकअप दिएर नायिका पुजा शर्माको युद्ध संग मस्ती , पर्वतको कुश्मा गरे दुबैले बञ्जी जम्प

LC (KTM) August 28, 2021 0

नेपाली सिनेमा जगतमा नायक नायिकाको डेट र लभ एफेयर ठुलै गसीप बन्ने गरेको छ । नेपाली सिनेजगतमा एकदमै रुचाइएको जोडी नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माको हो । यी दुबै बीच प्रेम सम्बन्धको कुरा बाहिर एकदमै चर्चामा रहेको थियो । उनीहरुले खुलेर प्रेम सम्बन्धका बारेमा नभने पनि उनीहरुको ब्यवहारले त्यहि देखाएको थियो ।

तर आकाश संग पुजाको एका एक ब्रेकको खबरले फिल्मी क्षेत्रमा निक्कै तहल्का नै पिट्यो । तर त्यो भन्दा खास कुरा आकाश संगको ब्रेकअप लगत्तै पुजाले आफ्नो ब्वाई फ्रेण्डका बारेमा दिएको संकेतले त झनै चर्चा चुलियो । नायिका पूजा शर्मा र युद्ध बानियाँ केही समययता प्रेममा रहेका छन् । युद्ध एक ब्यापारी समेत रहेका छन् ।

उनीहरु दुबै बीचको प्रेम सम्बन्धले अहिले बजार पुरै तताएको छ । उनीहरु एक अर्का संग डेट गरिरहेका छन् । उनीहरु घुमेको हिडेको तथा मस्ती गरेका फोटा तथा भिडियोहरुले अहिले दर्शकमाझ राम्रै स्थान बनाई रहेको छ ।

पछिल्लो समय युद्ध र पूजा आफ्ना केही सहयोगीसँग पर्वतको कुस्मा पुगेर बन्जीजम्पको मज्जा लिएका छन् । दुबै जनाको भिडियो टीकटकमा समेत अपलोड गरिएको छ । उनीहरु दुबै जना बिबाहको तयारीमा रहेको बुझीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर