भ्रष्टचार मुद्धा लागेका चुडामणि शर्मासँग विशेष अदालतले माग्यो ५० लाख धरौटी — OSNepal

भ्रष्टचार मुद्धा लागेका चुडामणि शर्मासँग विशेष अदालतले माग्यो ५० लाख धरौटी

LC (KTM) September 27, 2021 0

काठमाडौँ १ असोज । आज सोमबार विशेष अदालत हाजिर हुन पुगेका आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मालाई ५० लाख धरौटी माग गरिएको छ ।

शर्माले आज अदालतमा बयान दिएपछि न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलाशले शर्मालाई ५० लाख धरौटी माग्ने आदेश गरेको हो । शर्मामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो ।

कर फर्छ्यौट आयोगक पदाधिकारीहरुले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर