खुमनको ‘आउदैछु गाउँतिर ’ मा अञ्जली, हेर्नुहोस् भिडियो — OSNepal

खुमनको ‘आउदैछु गाउँतिर ’ मा अञ्जली, हेर्नुहोस् भिडियो

LC (KTM) September 28, 2021 0

नेपालीहरुको महानपर्व विजय दशमीको अवसरमा नयाँ गीतहरु सार्वजनिक हुन थालेका छन्। यस वर्षको दशैं पर्वलाई मध्यनजर राखेर लोकप्रिय गायक खुमन अधिकारीको स्वरमा रहेको ‘आउदैछु गाउँतिर…’ गीत सार्वजनिक भएको छ ।

घरबाट टाढा रहेका आफन्तलाई ‘दशैं मान्न गाउँमा आउ’ भन्ने शब्द भाव गीतमा सावेश रहेको छ । दशैं पर्वमा खासगगरी सबै एकै ठाउँमा भएर रमाउने पर्व भएकाले पनि घरबाट टाढा–टाढा रहेका आफन्तीहरु दशैं मनाउन आउने गर्दछन्।

यो गीतले दशैं माउन आउँदै गरेको कथा भाव बोकेको छ । विष्णु न्यौपानेको शब्द र खुमन अधिकारीको लय रहेको गीतमा खुमन अधिकारी चिज गुरुङ, सुनिता बुढा दिया, नेपालको आवाजमा सजिएको छ।

म्यूजिक भिडियो शिव दर्शन म्यूजिक प्रालिमार्फत बजारमा आएको हो । योे गीतमा अन्जली अधिकारी र अभिषेकक खड्काको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर