मन्त्रिपरिषद् विस्तारबारे माओवादी केन्द्रले केही निर्णय गरेन — OSNepal

मन्त्रिपरिषद् विस्तारबारे माओवादी केन्द्रले केही निर्णय गरेन

LC (KTM) September 29, 2021 0

काठमाडौं, १३ असोज – नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी कमिटी बैठकले सरकार विस्तारका बारेमा केही पनि निर्णय गरेन ।

पेरिसडाँडामा आज बसेको बैठकले मन्त्रिपरिषद् विस्तारबारे कुनै निर्णय नगरेको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा आगामी राष्ट्रिय सम्मेलनको तयारीका बारेमा छलफल केन्द्रित भएको थियो ।

‘तल्लो तहबाट सम्मेलनमा कसरी प्रतिनिधित्व गराउने भन्नेबारेमा छलफल भयो’, उनले भने, ‘प्रदेशको सम्मेलनका बारेमा पनि छलफल भएको थियो । मोटामोटीको सम्मेलनमा एकरूपताका बारेमा छलफल भयो ।’ माओवादी केन्द्रले आगामी पुस महिनामा राष्ट्रिय सम्मेलन गर्दै छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाँडै नै गठबन्धनको बैठक बसेर मन्त्रिपरषिद् विस्तार गर्ने जानकारी गराएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर