ओली र राष्ट्रपतिको प्रतिगमन भाग-२ विरुद्ध डटेर प्रतिवाद गर्न नेपालको आह्वान — OSNepal

ओली र राष्ट्रपतिको प्रतिगमन भाग-२ विरुद्ध डटेर प्रतिवाद गर्न नेपालको आह्वान

LC (KTM) May 22, 2021 0

काठमाडौँ ८ जेठ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् ।’शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग–२ हो’  नेपालले भने ।

संसद विघटन र मध्यावधि निर्वाचन घोषणालाई प्रतिगमन भाग–२ को संज्ञा दिएका नेपालले यसको प्रतिवाद डटेर गर्न सबैलाई आह्रान समेत गरेका छन् । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल मात्र भएको नेता नेपालको ठहर छ ।

उनले भनेका छन् । षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो,यो व्यवस्था नै ‘कू’ गर्ने अग्रसरता हो ।शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग–२ हो । केपी ओलीको यो कदमको भत्र्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर