डान्स दिवाने ३ मा आउनका लागि यी अभिनेत्रीले मागिन् यति मोटो रकम, सुनेर निर्माण पक्षको होस नै उड्यो — OSNepal

डान्स दिवाने ३ मा आउनका लागि यी अभिनेत्रीले मागिन् यति मोटो रकम, सुनेर निर्माण पक्षको होस नै उड्यो

LC (KTM) September 30, 2021 0

यतिबेला भारतमा चलिरहेका रियालिटी शो हरुमा दिग्गज कलाकारहरु ल्याउने एउटा ट्रेण्ड नै बनेको छ । खबरका अनुसार पपुलर रियालिटी शो डान्स दीवाने ३ को निर्माण पक्षले लेजेण्ड्री कलाकार मुमताजलाई शो का लागि अप्रोच गरेका थिए ।

तर मुमताजले शो मा आउनका लागि एकदमै भारी रकम माग गरेपछि उनलाई शो मा ल्याउने कुरा रद्ध भएको छ । ईटाइम्सले आफ्नो रिर्पाेटमा लेखेको छ – डान्स दीवाने मेकर्सले शो मा मुमताज लाई ल्याउनका लागि एकदमै उत्साहित रहेको थियो ।

जब मुमताजलाई अप्रोच गरिएको थियो त्यतिबेला उनले ४०–५० लाख रुपैया माग गरिन् । च्यानललाई यो एकदमै महंगो रकम लाग्यो । यस मागको बारेमा सोचेर निर्माण पक्षले घाटा लाग्ने भएपछि अन्तिममा माग लाई इन्कार गरिदिएको हो । मुमताज पछिल्लो समय धर्मेन्द्रको साथमा आफ्नो रीयुनियनका कारण एकदमै चर्चामा रहेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर