पार्कमा डुलिरहेकी बिश्व चर्चित पप सुपरस्टार शाकिरा माथि बँदेलको आक्रमण , आफ्नो खराब हालत देखाउँदै इन्ष्टा मार्फत यसरी सुनाईन् कहानी — OSNepal

पार्कमा डुलिरहेकी बिश्व चर्चित पप सुपरस्टार शाकिरा माथि बँदेलको आक्रमण , आफ्नो खराब हालत देखाउँदै इन्ष्टा मार्फत यसरी सुनाईन् कहानी

LC (KTM) September 30, 2021 0

बिश्वकै चर्चित पप सुपरस्टार शाकिरा माथि अनौठो घटना घटेको बाहिरिएको छ । शाकिरा आफ्नो ८ बर्षका छोरालाई लिएर बार्सिलोनामा रहेको एउटा पार्कमा डुलिरहेकी थिईन् ।

पार्कमा त्यहाको माहोलको मज्जा लिदै आफ्नो छोरा संग घुमिरहेकी उनी माथि २ वटा बँदेलले आक्रमण गरेको बिबिसीले जनाएको छ । उनले आफु माथि भएको यस घटनालाई आफ्नो इन्ष्टा मार्फत दर्शक तथा आफ्ना फ्यान माझ साझा गरेकी हुन् ।

जब उनी छोरा संग हिडिरहेकी थिईन् त्यतिबेला आफ्नो हातमा रहेको झोला थुत्नुअघि बँदेलहरूले आफूमाथि आक्रमण गरेको बताएकी हुन् । त्यति आक्रमण गरे लगत्तै बँदेलहरु रूखहरूको बीच गएर लुकेको उनले बताएकी छिन् । बुधवार शकिराले शृङ्खलाबद्ध रूपमा त्यस्तो अनौठो भोगाइ साझा गरेकी हुन्।

च्यातिएको झोला क्यामेरातिर उनले च्यातिएको झोला देखाउँदै भनिन् हेर्नुहोस् पार्कमा ममाथि आक्रमण गरेका दुइटा बँदेलले मेरो झोला कस्तो हालतमा छोडेका छन्। तिनीहरूले मोबाइल भएको मेरो झोला रूखहरूबीच लगिरहेका थिए ।

२ बँदेलहरुले सबथोक बर्बाद पारेको उनले बताईन् । उनले आफु माथि आक्रमण भएको कुरा छोराले प्रत्यक्ष देखेको बताईन् । पछिल्लो समय त्यहाँ जंगली जनावरको आक्रमण बढ्दो रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर