कांग्रेस कार्यकर्ताद्वारा एम्बुलेन्समा तोडफोड — OSNepal

कांग्रेस कार्यकर्ताद्वारा एम्बुलेन्समा तोडफोड

LC (KTM) October 01, 2021 0

बाजुरा, १५ असाेज -नेपाली कांग्रेस बाजुराका कार्यकर्ताले नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स ताेडफाेड गरेका छन् । कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा प्रदेश (ख) मा निर्वाचनकाे मतगणना स्थल बनाएको बडिमालिका नगरपालिकाको गेटभित्र राखिएको एम्बुलेन्समाथि ताेडफाेड भएकाे हाे । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कांग्रेस कार्यकर्ताले एम्बुलेन्सकाे अगाडिको सीसा फुटाइदिएका हुन् ।

घटना बिहीबार राति भएकाे हाे ।एम्बुलेन्स भारतीय दुतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाजुराले सञ्चालन गरिरहेकाे थियाे । मर्मत गरेर ल्याइएको एम्बुलेन्समा ताेडफाेड भइकाे रेडक्रस बाजुराका सभापति रमबहादुर शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर