पशुपती क्षेत्रमा बस्ने साधुलाई खुकुरी प्रहार गरेको अभियोगमा एक जना पक्राउ — OSNepal

पशुपती क्षेत्रमा बस्ने साधुलाई खुकुरी प्रहार गरेको अभियोगमा एक जना पक्राउ

LC (KTM) October 01, 2021 0

काठमाडौं १५ असोज । पशुपती क्षेत्रमा बस्दै आएका एक साधुमाथि खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको जगतपुर नयाँबस्ती घर भएका ३७ वर्षीय ताराबहादुर लामिछाने रहेका छन् । आज शुक्रबार बिहान महानगरीय परिसर काठमाडौंले साधुलाई हान्न प्रयोग भएको खुकुरी सहित झोला समेत बरामत गरेको छ ।

गत असोज ११ गते बिहान पशुपतिस्थित विश्वरुपा जाने बाटोको छेउको झाडीमा बस्ने सन्तोष भन्ने साधुलाई शौचालय गर्न गएको समउमा लामिछानेले खुकुरी प्रहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर