चन्द्रागिरीमा कांग्रेसकाे सहमतिमै नेतृत्व छानिने, बाँकीमा निर्वाचन हुने — OSNepal

चन्द्रागिरीमा कांग्रेसकाे सहमतिमै नेतृत्व छानिने, बाँकीमा निर्वाचन हुने

LC (KTM) October 02, 2021 0

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत काठमाडौंका ११ पालिकामध्ये एउटामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ । आजबाट सुरु हुने काठमाडौंको पालिका अधिवेशनमा चन्द्रागिरी नगरपालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन हुने देखिएको हो ।

त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहोर्‍याउन संस्थापन र इतर पक्ष तयार भएपछि निर्विरोध नेतृत्व छानिन लागेको हो । सभापतिसहित अधिकांश पदहरूमा सहमति जुटिसकेको नेताहरूले बताएका छन् ।

‘सभापतिमा त मलाई नै दोहोर्‍याउने सहमति भइसकेको छ, उपसभापतिमा दुई जनाबीच सहमतिको प्रयास जारी छ’, गिरीले भने, ‘नविन महर्जन र कृष्णहरि बस्नेतबीच उपसभापतिमा सहमति जुटाउने प्रयास भइरहेको छ, सम्भवत सबै पदमा सहमति हुन्छ होला ।’

काठमाडौंका बाँकी नौ वटा नगरपालिकामा नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको एउटा टिम बनेको छ भने इतर पक्षबाट प्रकाशमान सिंह र गगन थापाको अर्को टिम तयार गरिएको छ । दक्षिणकाली नगरपालिकामा वडा नम्बर २ को वडा अधिवेशन सम्पन्न हुन नसकेकाले त्यहाँ पालिका अधिवेशन अनिश्चित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर