गाईघाटका सडकमा जेब्राक्रस बनाउन विद्यार्थीले सघाए — OSNepal

गाईघाटका सडकमा जेब्राक्रस बनाउन विद्यार्थीले सघाए

LC (KTM) October 03, 2021 0

उदयपुर, १७ असोज – उदयपुरको सदरमुकाम गाईघाटका सडकमा जेब्राक्रस निर्माण सुरु भएकाे छ ।

जिल्ला ट्राफिक कार्यालय उदयपुरले विद्यार्थीको सहयोगमा बजारभित्रको सडकका विभिन्न ठाउँमा जेब्राक्रस बनाउन थालेको हो । पहिलाे चरणमा गाईघाट-लहान खण्ड, उत्तरतर्फ पिपलचोक र पूर्वपश्चिम खण्डमा जेब्राक्रस बनाइएको छ ।

बजारदेखि त्रियुगा बसपार्कसम्म जाने सडकका दुबै लेनमा व्यस्त बजार भएकाले जेब्राक्रस बनाउन थालिएको छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत त्रियुगा प्राथमिक आँखा उपचार केन्द्रदेखि बरुवा पुलसम्मको बजार क्षेत्रमा पनि जेब्राक्रस बनाइने ट्राफिक प्रमुख नायव निरीक्षक (सई) लिलाबहादुर श्रेष्ठले बताए ।

जेब्राक्रस बनाउन विराटनगरस्थित कोसी हेल्थ एण्ड साइन्स कलेजमा सार्वजनिक स्वास्थ्य विज्ञान विषयमा स्नातक तह (बिपिएच)का इन्टर्न (प्राक्टिकल) अध्ययनरत विद्यार्थीले सहयाेग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर