तीन महिनापछि बल्ल डोटीमा प्रजिअ — OSNepal

तीन महिनापछि बल्ल डोटीमा प्रजिअ

LC (KTM) October 03, 2021 0

डोटी, १७ असोज – गृह मन्त्रालयले बल्ल यहाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ । विगत तीन महिनादेखि प्रजिअ विहीन बनेको थियो । निमित्तका भरमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले शङ्करबहादुर विष्टलाई प्रजिअ तोकेको हो । उहाँले यसअघि पनि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भएर कामकाज सञ्चालन गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा हुनुभएको थियो । यसपछि निमित्त प्रजिअ किरण जोशीले कामकाज चलाउँदै आउनुभएको थियो । प्रजिअ र प्रशासकीय अधिकृतसमेत नहुँदा जिल्लामा काम गर्न निकै समस्या भएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर