मुगुको एक मात्र निर्वाचित सांसद गोपाल बमको गाउँ पहिरोको उच्च जोखिममा — OSNepal

मुगुको एक मात्र निर्वाचित सांसद गोपाल बमको गाउँ पहिरोको उच्च जोखिममा

LC (KTM) October 03, 2021 0

मुगु १७ असोज- मुगुको एक मात्र निर्वाचित प्रतिनिधिसभा सदस्य गोपाल बमको गाउँ पहिरोको उच्च जोखिममा परेको छ । छायाँनाथ रारा नगरपालिका–७ पिना गाउँका करिब १ सय ३५ घर पहिरोको उच्च जोखिममा परेका हुन् ।

कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको पिना गाउँको साहनी बाडासहित पहिरोको उच्च जोखिममा परेका हुन् । राजमार्गमा गुणस्तरीय बाटोको स्तरोउन्नति नहुनु, सडक छेउमा ढल निकास नहुनु, मनपरी ढंगबाट सडक खन्नाले पिना गाउँ पहिरोको जोखिममा परेको हो ।

अविरल वर्षा र सवारी साधनको आवागमनको उच्च चापले गाउँनै पहिरोको जोखिममा परेका हुन् । घर पहिरोको जोखिममा परेपछि स्थानीय पाल टाँगेर बस्न बाध्य भएका छन् ।

पहिरोको उच्च जोखिममा रहेको पिना गाउँको अवलोकन गरेका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने वचन दिएका स्थानीय बलराम साहनीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर