कलाकार दिपक थापा माईथाने मगरलाई बैगुनीबाट बेस्ट मोडल अवार्ड २०७८ — OSNepal

कलाकार दिपक थापा माईथाने मगरलाई बैगुनीबाट बेस्ट मोडल अवार्ड २०७८

LC (KTM) October 03, 2021 0

काठमाडौँ । क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिद्धारा बिभिन्न क्षेत्रका कलाकर्मी, फेसन डिजाईनका क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले काठमाण्डौँमा क्वालिटि ईन्टरटेनमेन्ट अवार्ड २०७८ को आयोजित अवार्ड कार्यक्रम राष्ट्रीय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।


क्वालिटि ईन्टरटेनमेन्ट प्रा।लिद्धारा आयोजित उक्त अवार्ड कार्यक्रम अन्तर्गत एक बिशेष औपचारिक कार्यक्र्रमको आयोजना गरी नोमिनेशनमा परेका सर्जक, कलाकार गायक गायिका, नायक नायिका, मोडल तथा नव कलाकारहरुलाई अवार्डका साथै प्रमाणपत्रका साथ सम्मान तथा पुरस्कार वितरण गरीएको थियो ।

विगत डेढ दशकदेखि नेपाली कलाकारिताका क्षेत्रमा समर्पित बेलायलमा स्थापीत चर्चित तथा सफल कलाकार मोडल दिपक थापा माईथाने मगरलाई बैगुनी बाट बेस्ट मोडल अवार्ड २०७८ को अवार्ड हातपारे । सो अवार्ड मोडल दीपकको अनुपस्थितीमा उनका आमा र दिदी ग्रहण गरेका थिए । मगर समुदायको परम्परागत पोषाकमा उपस्थित भएका दीपकका आमा र दिदीलाई कार्यक्रम संचालक दिनेश डिसीले मुक्त कण्ठले प्रशंसा समेत गरेका थिए ।

नेपालको गुल्मी जिल्लामा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका कलाकार दीपक थापा माईथाने मगर परवासको व्यस्त समयका बावजुत पनि कलाकारितमा निरन्तर समर्पित छन् । बेलायतमा हुने कलाकारिता सम्बन्धी गतिबिधिमा निकै सक्रिय कलाकार दीपक एकपछि अर्को भिडियोा निकाल्नमा ब्यस्त छन् ।

दिपकले केही समय अगाडी मात्रै गीत ‘बैगुनी’ सार्वजनिक गरेका कलाकार दीपकको शब्द श्रृजना रहेको थियो भने दीपकले नेपाली कला र संस्कृति झल्किने नयाँ सालैजो गीत जल चोखो बजारमा ल्याएका छन् । गीत संगीतको लेखन, अभिनय सँगसँगै दीपक निर्माणमा पनि सक्रिय छन् । दीपकको निर्माणमा तयार भएको जल चोखोको भिडियोमा आनन्द गुरुगं र सुमित्रा गुरुगंको अभिनय देख्न सकिन्छ ।

जीवनको विभिन्न आरोह अवरोहलाई पार गर्दै कलाकार क्षेत्रमा स्थापित मोडल दिपक जीवनलाई सार्थक बनाउनका लागि इमान्दार,मेहेनती र नैतिकवान भएर आफूले रोजेको कर्ममा लाग्नुपर्ने बताउनु हुन्छ । यो अवार्डलाई जीवनको एक अमूल्य सपनाको उपलब्धि रहेको र यसले भावी दिनमा अझ राम्रो काम र मेहनत गर्न उत्प्रेरणा मिलेको र आगामी दिनमा अझ सक्रिय भएर यसै क्षेत्रमा निरन्तर लाग्ने दिपकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर