• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

नेपालसँग सीमा जोडिएको भारतीय सहरमा झडप हुँदा ८ जनाको मृत्यु, प्रियंका गान्धी पक्राउ

नेपालसँग सीमा जोडिएको भारतीय सहरमा झडप हुँदा ८ जनाको मृत्यु, प्रियंका गान्धी पक्राउ


  • ओएसनेपाल
  • असोज १८ २०७८, सोमबार
  • ३:३४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 8.9K
    SHARES

    काठमाडौं, १८ असोज-कंग्रेस आईका महासचिव प्रियंका गान्धीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।नेपालसँग सीमा जाेडिएकाे उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको घटनाका पीडित परिवारलाई भेट्न जाने क्रममा प्रहरीले सीतापुरको हरगाउँबाट नियन्त्रणमा लिएको युथ कांग्रेसका अध्यक्ष श्रीनिवासले जानकारी दिएका छन् । प्रियंकालाई सेकन्ड बटालियन गेस्ट हाउसमा राखिएको छ ।

    लखीमपुरको तिकुनिया क्षेत्रमा आइतबार दिउँसो किसान र भारतीय जनता पार्टी (भाजपा) कार्यकर्ताबीच हिंसात्मक झडप भएको थियो । झडपमा ८ जनाको मृत्यु भएको छ ।

    तिकुनियामा आयोजित कुस्ती कार्यक्रममा सहभागी हुन उपमुख्यमन्त्री केशव प्रसाद मौर्य र केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्रा टेनी आउने क्रममा कृषि कानुनको विरोधमा कालो झण्डा देखाइरहेका किसान र भाजपाका कार्यकर्ताबीच झडप भएको थियो ।

    झडपका क्रममा मन्त्री मिश्राका छोरा आशिष मिश्राले किसानमाथि कार चढाएको आरोप लागेको छ । तिकुनिया मन्त्री मिश्राको गृहनगर हो ।झडपमा मारिएका चार जना किसान र चार जना भाजपा कार्यकर्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटनाका आराेपी राज्यमन्त्रीका छाेराविरुद्ध उजुरी दर्ता भएकाे छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend