पाँच दिनको अस्पताल बसाईपछि नेपालको डिस्चार्ज — OSNepal

पाँच दिनको अस्पताल बसाईपछि नेपालको डिस्चार्ज

LC (KTM) October 04, 2021 0

काठमाडौं १८ असोज । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

केहि दिनयता रुघा खोकी लागेका नेपालको स्वास्थ्यमा समस्या आएपछि उनलाई गत असोज १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

उनको निजी सचिवालयले दिएको जानकारी अनुसार आज सोमबार उनलाई अस्पतालबाट घर लगिएको हो ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी आज पाँच दिनको उपचार पछि घर फर्किर्एका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर