फिल्म द च्यालेन्ज अन्तरिक्षमा शुटिंग हुदै , अभिनेत्री र निर्देशक सहितको टोली अन्तरिक्ष प्रस्थान — OSNepal

फिल्म द च्यालेन्ज अन्तरिक्षमा शुटिंग हुदै , अभिनेत्री र निर्देशक सहितको टोली अन्तरिक्ष प्रस्थान

LC (KTM) October 05, 2021 0

रुसले अन्तरिक्षमा द च्यालेन्ज नामको फिल्मको छायांकन गर्ने भएको छ । पहिलो पटक अन्तरिक्षमा फिल्म शुटिंगका लागी रुसी कलाकार टोली अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ प्रस्थान गरेको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । यस फिचर फिल्ममा अन्तरिक्षमा आइपर्ने स्वास्थ्य आपतकालका बारेमा देखाईने छ। अन्तरिक्षयात्री आन्तोन स्काप्लेरोवको नेतृत्वमा यस फिल्म छायांकनका लागि आज अभिनेत्री जुलिया पेरेसिल्ड र निर्देशक क्लिम सिपेन्को रुसको सोयुज यानबाट अन्तरिक्षतर्फ लागेका छन्

अभिनेत्री पेरेसिल्ड र निर्देशक सिपेन्कोले अन्तरिक्ष केन्द्रमा १२ दिन बिताउने बताइएको छ । तर कुरा के रहेछ भने उनीहरुले अन्तरिक्षयात्रीहरुसँग दैनिक दुईतीन घण्टा मात्रै शुटिंगको समय पाउने अभिनेत्री पेरेसिल्डले खुलासा गरेकी छिन् । यो फिल्म छायांकनले रुसले अन्तरिक्षमा अर्काे नयाँ रेकर्ड कायम गर्ने पनि बताईएको छ । यद्यपि अमेरिकी हलिउड अभिनेता टम क्रुजले पनि अन्तरिक्षमा छायांकन गर्ने योजना यस अघि बनाए पनि यस मामलामा रुसले अमेरिकालाई उछिनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर