• २०७८ कार्तिक १० बुधबार

ताजा अपडेट

धेरै पढिएको

दीपेन्दको ‘सुनको महल’ मा निर शाह, र केकीको अभिनय, हेर्नुहोस् भिडियो

दीपेन्दको ‘सुनको महल’ मा निर शाह, र केकीको अभिनय, हेर्नुहोस् भिडियो


  • ओएसनेपाल
  • असोज १९ २०७८, मंगलबार
  • ३:२५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < ३ मिनेट
  • 4.2K
    SHARES

    असोज १९, काठमाडौं । नेपाली गीतसंगीतका गायक, मोडल तथा सर्जक दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ सार्वजनिक गरिएको छ । मंगलबार पोखराको ‘मिडटाउन’मा एक औपचारिक कार्यक्रमको आयोजना गरी भिडियो सहितको गीत सार्वजनिक गरिएको हो ।‘सुनको महल’df

    गीतमा दीपेन्द्र बुढा ठकुरीको स्वर रहेको छ भने भिडियोमा पनि मुख्य अभिनय गरेका छन् । यस्तै गीतमा संगीत र एरेन्जको काम अर्जुन थापाले गरेका छन् भने भिडियोमा निर्देशन पनि अर्जुन कै रहेको छ । कार्यक्रममा गायक दीपेन्द्रले गीतसंगीतमा पहिल्यै देखी रुचि भएपनि यस गीत आफ्नो पहिलो म्युजीक भिडियो भएको बताए ।

    भिडियोमा हेलिकप्टर देखी मंहगा लोकेसनमा छायांकन गरेको देखिन्छ । यसै बिषयमा सञ्चारकर्मिहरुको प्रश्नमा निर्माता समेत रहेका दीपेन्द्र भन्छन्, ‘मैले यस भिडियोमा निर्माताको नजरबाट पनि कुनैपनि कमि हुन दिएको छैन । सकेसम्म राम्रो बनाउँ भनेर लागेका हौं । कस्तो लाग्छ दर्शकले भन्नुहुनेछ ।’ दीपेन्द्रका अनुसार भिडियो निर्माण देखी प्रमोशनसम्म गर्दा झण्डै १३ लाख खर्च भइसकेको छ ।

    निर्देशक अर्जुनले पनि आफ्नो टिमले सक्दो मिहिनतका साथ काम गरेको बताए । राती अबेरसम्मको छायांकनमा पनि कलाकारसँगै प्राविधिक टिमको मिहिनतले भिडियो राम्रो बनेको अर्जुनले बताए । ‘कलाकार र प्राविधिक दुबैको पाटो उत्तिकै महत्पुर्ण हुन्छ । सबैबाट एकदम खुसी छु ।’ अर्जुनले भने । ‘निर्माताको हिसाबबाट दीपेन्द्र जिले कुनै कम्प्रमाइज गर्नुभएको छैन र कलाकारहरुले पनि उत्तिकै मिहिनत गर्नुभएको छ ।’ भिडियोमा वरिष्ठ कलाकार निर शाह र लोकप्रिय नायिका केकी अधिकारीको पनि मुख्य अभिनय रहेको छ । भिडियोमा सुशिल डाँगीको छायांकन रहेको छ भने विवेक सुनारले सम्पादन गरेका हुन् । भिडियोको निर्मात्री मिना श्रेष्ठ हुन् ।

    भिडियो सार्वजनिक कार्यक्रममा नायिका केकी स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा उपस्थित हुन नसकेकाले भर्चुअल माध्यमबाट कुराकारी गराइएको थियो । भर्चुअल माध्यमबाट केकीले भिडियोमा काम गर्दाका अनुभव साटेकी थिइन् । साथै आफ्नो स्वास्थ्यमा समस्या आएकाले पोखरा उपस्थित हुन नसकेको पनि जानकारी गराइन् ।

    उनले भनिन्, ‘कार्यक्रममा भौतिक रुपममै उपस्थित हुन मन थियो तर फिबर भएकाले आउन सकिन्, गीतको भिडियोमा हामी कलाकारसँगै प्राविधिक टिमले निकै मिहिनत गरेको छ, दर्शकलाई पक्कै मनपर्छ ।’ केकीले दीपेन्द्र र अर्जुनको टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताइन् । कार्यक्रमको गोपिकृष्ण चापागाईंले सहजीकरण गरेका थिए । भिडियो ओ.एस.आर. डिजिटलको युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend