आईपीएल : मुम्बईद्धारा राजस्थान ८ विकेटले पराजित, प्लेअफ सम्भावना कायमै — OSNepal

आईपीएल : मुम्बईद्धारा राजस्थान ८ विकेटले पराजित, प्लेअफ सम्भावना कायमै

LC (KTM) October 06, 2021 0

काठमाडौं,२० असोज । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध सहज जित निकालेको छ । मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो ।

राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे । मुम्बईको जितमा इशान किशनले अविजित सर्बाधिक ५० रन बनाए । कप्तान रोहित शर्माले २२ रन तथा सूर्यकुमार यादवले १३ रन जाेडे ।

राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले १/१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो । राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन जोडे ।

मुम्बईका नाथन कल्टर निलले ४ विकेट लिए । जितसँगै मुम्बईले प्ले अफ सम्भावना कायमै राखेको छ । मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । राजस्थान १० अंक जोडेर सातौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर