परराष्ट्रमन्त्री खड्कासँग भारतीय राजदूतको भेटवार्ता — OSNepal

परराष्ट्रमन्त्री खड्कासँग भारतीय राजदूतको भेटवार्ता

LC (KTM) October 06, 2021 0

काठमाडौँ, २० असोज – परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–भारतबीचका द्विपक्षीय महत्वपूर्ण सम्बन्धबारेमा फलदायी छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा आगामी सातादेखि आपूर्ति हुने कोरोनाविरुद्धको कोभिसिल्ड खोपको विषयमा समेत छलफल भएको थियो ।

प्रतिस्थापन विधेयक पेश-लुम्बिनी प्रदेशसभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारबीच प्रतिस्थापन विधेयक पेश भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्कालले रु ४० अर्ब ९५ करोड ९७ लाख बराबरको नयाँ बजेट प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत गर्नुभएको हो ।

कूल बजेटमध्ये चालु खर्चतर्फ रु १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पूँजीगत खर्चतर्फ रु २२ करोड ४७ करोड १५ लाख रहेको छ । प्रतिशतका आधारमा कूल बजेटको ३३.३१ प्रतिशत चालु खर्चतर्फ र ५४.८७ प्रतिशत पूँजीगत खर्चतर्फ हुन आउँछ । त्यसबाहेक ११.८२ प्रतिशतअर्थात् रु चार अर्ब ८४ करोड २३ लाख स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।

पार्टीले कारबाही गरेका सांसदद्वय विमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान प्रतिपक्षी दल नेकपा एमालेले लिएको छ । यसअघि भएको बैठकमा नेकपा एमालेले नाराबाजी गरेको थियो । नाराबाजीका बीच एउटा विधेयक पारित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर